2 Kings 5:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एलीशाले भने, “ती मानिस रथबाट उत्रेर तँलाई भेट्न आउँदा म आत्मामा तँसित थिइनँ र? यो पैसा, लत्ता-कपडा, जैतुन र दाखको बारी, भेडा र गाई-वस्तु, नोकर-चाकरहरू लिने समय होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एलीशाले त्यसलाई भने, “जब ती मानिस आफ्नो रथबाट ओर्लेर तँलाई भेट्न फर्कंदा के मेरो आत्मा तँसित थिएन र? रुपियाँपैसा वा लुगा लिने, वा भद्राक्षका बोटहरू, दाखबारीहरू, भेड़ा-बाख्राहरू, गाई-गोरुहरू र कमारा-कमारीहरू ग्रहण गर्ने यो समय हो र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एलीशाले त्यसलाई भने, “त्यस मानिसले तँलाई भेट्न आफ्नो रथबाट ओर्लिँदा के मेरो आत्मा तँसित थिएन र? के रुपियाँपैसा वा लुगाहरू लिने, जैतुनका रूखहरू, दाखबारीहरू, बगाल र बथान अथवा कमारा-कमारीहरू ग्रहण गर्ने समय यो हो र?
Nepali ERV (पवित्र बाइबल)
एलीशाले गेहजीलाई भने, “त्यो साँचो होइन! मेरो मुटु तँसगै थियो जब त्यो नामान तँ सँग भेट गर्न आफ्नो रथबाट ओर्लियो। यो धन, लुगा भद्राक्ष, दाख, भेडा, गाई अथवा पुरूष तथा मैले सेवकहरू लिने समय होइन।