2 Kings 5:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब नामानको कुष्ठरोग तँलाई सर्नेछ र त्‍यो सदाकाल तँ र तेरा सन्‍तानसित रहिरहनेछ।” गेहजी बिदा भयो। त्‍यसलाई डरलाग्‍दो कुष्ठरोग लाग्‍यो। त्‍यसका शरीरको छाला हिउँजस्‍तै सेतो भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नामानको कुष्‍ठरोग तँ र तेरा सन्‍तानमा सधैँको लागि टाँसिरहनेछ।” तब गेहजी तिनको सामुन्‍नेबाट गइहाल्‍यो, र त्‍यो हिउँजस्‍तै सेतो कुष्‍ठरोगी भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब नामानको कुष्‍ठरोग सधैँको लागि तँ र तेरा वंशमा रहिरहनेछ।” एलीशाले यसो भन्‍नेबित्तिकै गेहजी कुष्‍ठरोगी भयो, र ऊ हिउँझैँ सेता भयो; तब त्यो त्यहाँबाट निस्कियो।
Nepali ERV (पवित्र बाइबल)
अब, तँ र तेरो नानीहरूले नामानको रोग पाउने छौ। तँलाई सँधैका लागि कुष्ठ हुनेछ।” जब गेहजीले एलीशालाई छोडयो, गेहजीको छाला हिउँ जस्तो सेतो भयो। गेहजी कुष्ठको रोगी भयो।