2 Kings 6:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो देखेर अरामका राजा औधी बेचैन भए। उनले आफ्‍ना अधिकृतहरूलाई बोलाएर भने, “तिमीहरूमध्‍ये को इस्राएलका राजापट्टि लागेका छौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसले गर्दा अरामका राजा क्रोधित भए। उनले आफ्‍ना अधिकृतहरूलाई बोलाएर कड़ा गरी सोधे, “के तिमीहरू मलाई भन्‍दैनौ, हामीहरूमध्‍येको कुनचाहिँ इस्राएलका राजाको पक्षमा छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस कुराले अरामका राजालाई रिस उठायो। तिनले आफ्ना अधिकृतहरूलाई बोलाएर तिनीहरूबाट यस्तो माग गरे, “हामीमध्ये को इस्राएलको राजाको पक्षमा छ भनी के तिमीहरू मलाई भन्दैनौ?”
Nepali ERV (पवित्र बाइबल)
अरामका राजा यस विषयमा साह्रै दुःखी थिए। अरामका राजाले आफ्ना सैनिक अधिकारिहरूलाई बोलाए अनि तिनीहरूलाई भने, “मलाई भन, इस्राएलका राजाको चियो कसले गर्दै छ?”