2 Kings 6:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहानै एलीशाको चाकर उठेर घरबाट निस्‍क्‍यो र घोडा र रथहरूसहित अरामी सेनाले सहर घेरिराखेको त्‍यसले देख्‍यो। त्‍यो फर्केर एलीशाकहाँ आयो र कराएर भन्‍यो, “हजुर, हामी नाश भयौं! अब कसो गर्नू?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमेश्‍वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्‍यस चाकरले आएर आफ्‍ना मालिकलाई सोध्‍यो, “हे मेरा प्रभु, अब हामी के गरौं?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट परमेश्‍वरका जनको सेवक बिहानै उठेर बाहिर निस्कँदा घोडाहरू र रथहरू भएको फौजले सहरलाई घेरिराखेको देख्यो। त्यस सेवकले सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौँ?”
Nepali ERV (पवित्र बाइबल)
एलीशाको सेवक त्यस बिहान चाँडै उठेको थियो। सेवक बाहिर निस्कियो अनि उसले देख्यो, शहलाई चारैतिर बाट घोडाहरू र रथहरू सहित सैनिकले घेरेको थियो। एलीशाको सेवकले एलीशालाई भन्यो, “हे, मेरा मालिक, हामी के गर्न सक्छौ?”