2 Kings 6:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एलीशाले तिनीहरूका छेउमा गएर भने, “तिमीहरूले बाटो बिराएछौ। यो तिमीहरूले खोजेको सहर होइन। मलाई पछ्याएर आओ र म तिमीहरूलाई तिमीहरूले खोजेको मानिसकहाँ पुर्‍याइदिनेछु।” अनि उनले तिनीहरूलाई सामरियामा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलीशाले उनीहरूलाई भने, “यो बाटो होइन। यो सहर पनि होइन। मेरो पछि लाग, र म तिमीहरूले खोजेको मानिसकहाँ तिमीहरूलाई पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशाले तिनीहरूलाई भने, “बाटो यो होइन, न त यो सहर नै हो। मलाई पछ्याओ, र म तिमीहरूलाई तिमीहरूले खोजिरहेका मानिसकहाँ पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याइदिए।
Nepali ERV (पवित्र बाइबल)
एलीशाले अरामी सेनालाई भने, “यो सही बाटो होइन, यो सही शहर होइन। मेरो अनुसरण गर। म तिमीहरू त्यस मानिसकहाँ पुर्याँउछु जसलाई तिमीहरू खोजि रहेका छौ।” त्यसपछि एलीशाले अरामी सैनिकहरूलाई सामरियामा पुर्याए।