2 Kings 6:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू त्‍यस सहरमा पस्‍नेबित्तिकै एलीशाले यो प्रार्थना गरे, “हे परमप्रभु, यिनीहरूका आँखा खोलिदिनुहोस् र यिनीहरूले देख्‍न सकून्।” परमप्रभुले प्रार्थनाको उत्तर दिनुभयो र तिनीहरूका आँखा खोलिदिनुभयो। हामी सामरियामा पो पुगेका रहेछौं भनी तिनीहरूले देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू सहरमा पसेपछि एलीशाले यसो भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोलिदिनुहोस्, र उनीहरूले फेरि देख्‍न सकून्‌।” अनि उहाँले उनीहरूका आँखा खोलिदिनुभयो, र उनीहरूले हेरे, र आफूलाई सामरियाभित्र पो रहेछौं भनी देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सहरभित्र पसिसकेपछि एलीशाले भने, “हे याहवेह, यिनीहरूका आँखा खोलिदिनुहोस्, ताकि यिनीहरूले देखून्!” तब याहवेहले तिनीहरूका आँखा खोलिदिनुभयो। अनि जब तिनीहरूले हेरे, तब आफूहरू सामरियाको बीचमा पो रहेछौँ भनी तिनीहरूले देखे।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू सामरियामा पुगे, एलीशाले भने, “परमप्रभु, यी मानिसहरूका आँखा खोलि दिनुहोस्, यिनीहरूले देख्न सकुन्।” तब परमप्रभुले तिनीहरूको आँखा खोलि दिनुभयो अनि अरामी सैनिकले देखे, तिनीहरू सामरिया शहरमा छन्।