2 Kings 6:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले जवाफ दिए, “होइन, त्‍यसो नगर्नुहोस्। तपाईंले लडाइँमा कैद गरेका सिपाहीहरूलाई पनि मार्नुहुन्‍न। तिनीहरूलाई केही खानपिन दिएर तिनका राजाकहाँ फर्किजान दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले जवाफ दिए, “उनीहरूलाई नमार्नुहोस्‌। के तपाईंले आफ्‍नै तरवार र धनुले कैद गरेका मानिसहरूलाई मार्नुहुन्‍थ्‍यो र? तपाईंले यिनीहरूका अगि खानेकुरा र पानी राखिदिनुहोस्, ताकि यिनीहरू खानपान गरेर आफ्‍ना मालिककहाँ जाऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले भने, “तिनीहरूलाई नमार्नुहोस्! के तपाईंले कैद गरेर ल्याउनुभएका मानिसहरूलाई तपाईं आफ्नै तरवार अथवा धनुले मार्नुहुन्छ? तिनीहरूले खानपिन गरून् भनी तिनीहरूको अगि भोजन र पानी राखिदिनुहोस्। अनि त्यसपछि तिनीहरू आफ्ना मालिककहाँ फर्केर जाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नमार। तिमीले तिनीहरूलाई तरवारहरू, धनुषहरू र वाणहरूबाट पक्रेनौं। अरामी सैनिकहरूलाई केही रोटी र पानी देउ। तिनीहरूलाई खाना-पीना देऊ तब आफ्नो मालिकसित भेट्न घर फर्किन देऊ।