2 Kings 6:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले भने, “परमप्रभुले नै सहायता गर्नुहुन्‍न भने म के सहायता दिन सकूँला र? मसँग गहुँ वा दाखरस केही पनि छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले जवाफ दिए, “यदि परमप्रभुले नै तँलाई केही सहायता गर्नुभएन भने मैले तेरो निम्‍ति कहाँबाट सहायता पाउने? खलाबाट कि दाख-कुण्‍डबाट?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले जवाफ दिए, “यदि याहवेहले नै तिमीलाई सहायता दिनुहुन्‍न भने म तिम्रा निम्ति कहाँबाट सहायता प्राप्‍त गर्न सक्छु र? के खलाबाट? के दाखको कोलबाट?”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका राजाले भने, “यदि परमप्रभुले तिमीलाई सहायता गर्नु भएन भने म कसरी सहायता गर्ने? मसित तिमीलाई दिने केही छैन। खलोबाट अन्नको दाना आएको छैन अथवा दाखरसको कोलबाट दाखरस ल्याइएको छैन।”