2 Kings 6:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले त्यति भनि नसक्दै राजा त्यहाँ आए र भने, “परमप्रभुले नै यो कष्ट हामीमाथि खन्याउनुभएको हो। उहाँले हाम्रो सहायता गर्नुहुन्छ भनेर मैले अब किन धेरै बेर बाटो हेरिरहनू?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी यसरी तिनीहरूसँग बोल्दाबोल्दै त्यो समाचारवाहक आइपुगिहाल्यो। अनि राजाले भने, “यो सर्वनाश परमप्रभुबाट भएको हो! अब परमप्रभुको प्रतीक्षा मैले किन गरिरहने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी उनीहरूसित बोल्दाबोल्दै त्यो दूत तिनीकहाँ आइपुग्यो। राजाले भने, “यो विपत्ति याहवेहबाट भएको हो। अनि किन मैले अझ याहवेहको प्रतीक्षा गरिरहूँ?”
Nepali ERV (पवित्र बाइबल)
जब एलीशा आफ्ना ठुला-बडा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”