2 Kings 6:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एलीशाले इस्राएलका राजालाई अरामीहरू बाटो ढुकेर बसेको कारण त्यस ठाउँको छेउमा नजान चेतावनी दिएर खबर पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरका जनले इस्राएलका राजालाई यसो भनेर खबर पठाए, “त्यस ठाउँबाट भएर जानलाई होशियार रहनुहोस्। किनभने अरामीहरू त्यहाँ गइरहेका छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरका जनले इस्राएलका राजाकहाँ खबर पठाए: “त्यस ठाउँबाट भएर जानलाई होसियार हुनुहोस्। किनकि अरामीहरूले आफ्ना सेनालाई त्यहीँ तैनाथ गर्दैछन्।”
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरका जन एलीशाले इस्राएलका राजाकहाँ एउटा खबर पठाए। एलीशाले भने, “होशियार रहनुहोस्! त्यस ठाउँको नजिक नजाउनुहोस् अरामी सैनिकहरू त्यहाँ तल गाइरहेका छन्।”