2 Kings 7:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाले उत्तर दिए, “परमप्रभु के भन्नुहुन्छ, त्यो सुन्नुहोस्। भोलि यस घडीसम्ममा तपाईं सामरियामा चाँदीको एक टुक्राले तीन किलोग्राम सबैभन्दा असल गहुँ वा छ किलोग्राम जौ किन्न सक्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीशाले भने, “परमप्रभुको वचन सुन्नुहोस्। परमप्रभु यसो भन्नुहुन्छ: ‘भोलि यही बेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बिक्री हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशाले भने, “याहवेहको वचन सुन्नुहोस्! याहवेह यसो भन्नुहुन्छ: भोलि यही बेला सामरियाको मूलढोकामा एक सिया मसिनो पिठो एक शेकेलमा र दुई सिया जौ एक शेकेलमा बिक्री हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
एलीशाले भने, “पमरप्रभुको सन्देश सुन! परमप्रभु भन्नुहुन्छः ‘भोलि यस समयसम्ममा प्रशस्त खाद्य हुनेछ र यो सस्तो पनि हुनेछ। सामारिया शहरको ढोकाको छेऊ बजारमा एकजना मानिसले एक शेकेल चाँदी दिएर एक माना राम्रो पीठो अथवा दुइ माना जौंको पीठो किन्न सक्ने छ।”‘