2 Kings 7:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू अरामी छाउनी छोडी सामरियामा फर्के र मूल-ढोकाका पहरादारहरूलाई भन्न लागे, “हामी अरामी छाउनीमा गएका थियौं, त्यहाँ हामीले कसैलाई देखेनौं, केही सुनेनौं। घोडा र गधाहरू बाँधेकै छन् र तम्बुहरू जस्ताको तस्तै छोडिएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू गएर सहरका ढोकाका पालेहरूलाई बोलाएर भने, “हामीहरू अरामी छाउनीमा गयौं र एउटै पनि मानिस देखेनौं। कसैको केही आवाज छैन— घोड़ाहरू र गधाहरू त्यत्तिकै बाँधिएका छन्, र पालहरू पनि त्यसै छोड़िएका छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू गए, र सहरका पहरेदारहरूलाई बोलाएर भने, “हामी अरामीहरूका छाउनीमा गयौँ र त्यहाँ कोही पनि थिएन। अनि कसैको आवाज पनि सुनिएन। तर बाँधिएका घोडाहरू, गधाहरू र त्यागिएका पालहरू मात्र थिए।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ ती कोरीहरू आए अनि शहरका द्वारपालकहरूलाई बोलाए। कोरीहरूले द्वारपालकलाई भने, “हामी अरामी शिबिरमा गएका थियौं। तर हामीले कुनै मानिस को बोली सुनेनौं। कोही मानिस थिएन। घोडा र गधाहरू अझै बाँधेकै थिए अनि पालहरू तलसम्म थिए। तर मानिसहरू सबै गइसकेका थिए।”