2 Kings 7:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले केही मानिसहरूलाई छाने र राजाले अरामी सेनालाई के भयो, त्यो पत्ता लाउन ती मानिसहरूलाई आदेश दिएर दुई वटा रथमा पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले दुई वटा रथहरू र तिनका घोड़ाहरू छाने, र अरामी सेनालाई के भएछ भनी निधो गर्न राजाले तिनीहरूलाई पठाए। तिनले सारथिहरूलाई यस्तो हुकुम दिए, “गएर के भएछ सो पत्तो लगाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूले घोडाहरूसहित दुई वटा रथहरू छाने। अनि राजाले तिनीहरूलाई अरामी फौजको पछि-पछि पठाइदिए। तिनले सारथीहरूलाई यस्तो आज्ञा दिए, “जाओ, के भएको रहेछ, सो पत्ता लगाओ।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मानिसरूले घोडासँगै दुइवटा रथ लिए। राजाले ती मानिसहरूलाई अरामी सैनिकको खोजी-निति गर्न पठाए। राजाले तिनीहरूलाई भने, “जाऊ अनि हेर, के भयो।”