2 Kings 7:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसहरू यर्दनसम्‍म गए र सारा बाटामा अरामीहरू भागेर जाँदा छोडिराखेका लत्ताकपडा र हात-हतियार देखे। तिनीहरूले फर्केर आई राजालाई सबै कुरा बताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू यर्दन नदीसम्‍मै खोजी गर्दैगए, र बाटोभरि अरामीहरूले हतार-हतार भाग्‍दा फ्‍याँकिराखेका लुगाफाटा र हातहतियार भेट्टाए। तब समाचारवाहकहरू आएर राजालाई यो खबर दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरू यर्दनसम्मै तिनीहरूलाई पछ्याए। अनि तिनीहरूले बाटोभरि अरामीहरूले हतारमा भाग्दा फ्याँकेका लुगाफाटा र सामग्रीहरू भेट्टाए। यसकारण ती दूतहरूले फर्केर गई राजालाई खबर दिए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू अरामी सैनिकको पछि यर्दन नदीसम्म गए। बाटो भरि लुगा र हतियारहरू थिए। अरामीहरूले हतारमा भाग्दा ती चीजहरू फ्याँकेका थिए। दूत सामरिया फर्कियो अनि राजालाई बतायो।