2 Kings 7:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरियाका मानिसहरू हतार-हतार दगुरेर गए र अरामीहरूको छाउनी लुटे। परमप्रभुले भन्‍नुभएअनुसार चाँदीको एक टुक्रामा तीन किलोग्राम गहुँ वा छ किलोग्राम जौ बेचिन थाल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मानिसहरू बाहिर निस्‍केर अरामीहरूको छाउनीलाई लुटे। यसैले परमप्रभुले भन्‍नुभएअनुसार एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ बेचियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मानिसहरू गएर अरामीहरूका छाउनी लुटे। यसरी याहवेहले भन्‍नुभएझैँ एक सिया पिठो एक शेकेलमा र दुई सिया जौ एक शेकेलमा बिक्री भयो।
Nepali ERV (पवित्र बाइबल)
तब मानिसहरू अरामी छाउनी तिर दगुरे र त्यहाँबाट मूल्यवान चीजहरू लगे। प्रत्येकका लागि पर्याप्त चीजहरू थियो। यसकरण परमप्रभुले भन्नुभएको जस्तै घटना भयो। एक जना जुन सुकै मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौंको किन्न सक्ने थियो।