2 Kings 7:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका राजाले सहरको मूल-ढोका जुन अधिकृतको जिम्मामा दिएका थिए, ती राजाका निजी अधिकृत थिए। ती अधिकृतलाई त्यही ठाउँमा मानिसहरूले खुट्टाले कुल्चेर मारे। राजाले आफूलाई भेट्न आउँदा एलीशाले अघिबाटै भनेअनुसार तिनको मृत्यु भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब जसको हातमा भर परेर राजा हिँड्थे त्यस अधिकृतलाई तिनले मूल ढोका हेर्ने जिम्मामा खटाइदिएका थिए। अनि राजा तिनको घरमा भेट गर्न जाँदा परमेश्वरका जनले अगमवाणी गरेझैँ मानिसहरूले उनलाई मूल ढोकामा कुल्चेर मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले आफू जुन अधिकारीको पाखुरामा अडेस लाग्थे, तिनलाई त्यस मूलढोकाको निगरानीमा खटाए। अनि मूलढोकामा भागदौड हुँदा मानिसहरूले तिनलाई कुल्चीमिल्ची पारेर मारे। अनि राजा तिनको घरमा जाँदा परमेश्वरका जन एलिशाले पहिलेबाटै भनेझैँ तिनको मृत्यु भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
राजाले द्वारको हेरचाह गर्नका लागि साह्रै मन पर्ने अधिकारीलाई रोजे। तर मानिसहरू शत्रुको शिबिरबाट खाद्य सामाग्री लिन दर्गुन थाले। मानिसहरूले अधिकारीलाई हिर्काएर लडाए अनि त्यसमाथि टेक्दै गए अनि ऊ मर्यो। यसकारण यी सब घटनाहरू त्यसरी नै हुँदै गए। जसरी परमेश्वरका जनले भने जब राजा एलीशाको घरमा गएका थिए।