2 Kings 7:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलि पल्ट त्यो घडीसम्ममा सामरियामा चाँदीको एक टुक्रामा तीन किलोग्राम गहुँ वा छ किलोग्राम जौ बेचिनेछ भनी एलीशाले राजालाई भनेका थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरका जनले राजालाई यसो भनेका थिए, “भोलि यसै बेला एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ सामरियाको मूल ढोकामा बिक्री हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरका जनले राजालाई भनेझैँ, “भोलि यही बेला सामरियाको मूलढोकामा एक शेकेलमा एक सिया पिठो र दुई सिया जौ एक शेकेलमा बिक्री हुनेछ,” त्यो पूरा भयो।
Nepali ERV (पवित्र बाइबल)
एलीशाले भनेका थिए, “एक जना मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौको सामरिया शहरको द्वारनजिक बजारमा किन्न सक्नु हुनेछ।”