2 Kings 7:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा ठूलो सैन्‍य दल, घोडा र रथहरू साथ लिएर अघि बढ्दैआएको जस्‍तो आवाज अरामीहरूले सुने। परमेश्‍वरले नै त्‍यसो गराउनुभएको थियो। अरामीहरूले सोचे कि इस्राएलका राजाले हित्ती र मिश्री राजा र तिनका सेना लिएर हामीमाथि हमला गर्दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभुले अरामीहरूलाई रथहरू, घोड़ाहरू र एक ठूलो सेनाको आवाज सुन्‍न लाउनुभएको थियो, ताकि उनीहरूले एक-अर्कालाई भने, “हेर त, इस्राएलका राजाले त हामीलाई आक्रमण गर्न हित्ती र मिश्रदेशका राजाहरूलाई भाड़ामा ल्‍याएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि प्रभुले अरामीहरूलाई रथहरू, घोडाहरू र ठूलो फौजको आवाज सुन्‍न लगाउनुभएको थियो। त्यसैले तिनीहरूले आपसमा भने, “हेर, हामीलाई आक्रमण गर्न भनी इस्राएलका राजाले हित्तीहरू र इजिप्टका राजाहरूलाई भाडामा लिएका छन्!”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हित्ती र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।”