2 Kings 8:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि एलीशाले उनलाई एकोहोरो हेरिबसे र हजाएलले अप्‍ठ्यारो मान्‍न लागे। अचानक एलीशाले आँखाबाट आँसु झारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले एक टक लाएर एकोहोरो हजाएललाई हेरिरहे, र उनलाई शर्म लाग्‍यो। तब परमेश्‍वरका जन रुन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशाले एक टक लगाएर हजाएललाई लज्जित होउन्जेल हेरिरहे। तब परमेश्‍वरका जन रुन लागे।
Nepali ERV (पवित्र बाइबल)
एलीशा एकटक हेर्न थाले। उनले हजाएललाई एकटक तबसम्म हेरिरहे जबसम्म हजाएललाई असजिलो लाग्दैन। तब परमेश्वरको जन चिच्याउन थाले।