2 Kings 8:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभुले यहूदालाई नाश पार्न चाहनुहुन्‍थ्‍यो किनभने उहाँले आफ्‍नो सेवक दाऊदलाई तेरा सन्‍तानले राज्‍य गरिरहनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तरै पनि आफ्‍ना दास दाऊदको खातिर परमप्रभुले यहूदालाई नाश गर्न इच्‍छा गर्नुभएन। उहाँले दाऊद र तिनका सन्‍तानहरूलाई सदासर्वदाको निम्‍ति बलिरहने एउटा दियो कायम राख्‍ने प्रतिज्ञा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि आफ्नो सेवक दावीदको खातिर याहवेहले यहूदालाई नाश गर्ने इच्छा गर्नुभएन। उहाँले दावीद र तिनको सन्तानको निम्ति एउटा बत्ती सदासर्वदाका निम्ति कायम रहने प्रतिज्ञा गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सँधै नै राजा हुनेछ।