2 Kings 8:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोराम आफ्‍ना सबै रथ लिएर जाईरतर्फ लागे तर त्‍यहाँ एदोमीहरूले तिनीहरूलाई घेरे। राती उनी र उनका रथ-सेनाका सेनापतिहरू उम्‍के र भागे र उनका सिपाहीहरू छरपष्‍ट भएर आ-आफ्‍ना घरतिर लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले यहोराम आफ्‍ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती भागे। तापनि तिनका सेनाचाहिँ भागेर घर फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यहोराम आफ्ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरा हाले। तर यहोरामले राति नै उठेर तिनीहरूलाई आक्रमण गरे। तथापि तिनको फौजचाहिँ भागेर घर फर्किए।
Nepali ERV (पवित्र बाइबल)
तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे।