2 Kings 8:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि एदोम सदा यहूदाबाट स्‍वतन्‍त्र भई बसेको छ। यही समयमा लिब्‍ना सहरले पनि विद्रोह गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एदोम आजको दिनसम्‍मै यहूदाको विरुद्धमा बागी भएको छ। लिब्‍ना पनि त्‍यसै बेला बागी भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आजको दिनसम्मै एदोम यहूदाको विरुद्धमा छ। लिब्नाहले पनि त्यसै समय विद्रोह गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्। त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो।