2 Kings 9:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-15] त्‍यसपछि येहूले योराम राजाको विरुद्ध जाल रच्‍न लागे। त्‍यस बेला योराम आफूलाई लागेको चोट निको पार्न यिजरेलमा बसेका थिए। ती चोट उनलाई अरामका राजा हजाएलसित रामोत-गिलादमा लडाइँ गर्दा लागेको थियो। येहूले आफ्‍ना अधिकृतहरूलाई भने, “तिमीहरू मपट्टि छौ भने केही रामोत-गिलादबाट फुत्‍केर यिजरेलका मानिसहरूलाई खबर दिन जान नपाओस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले निम्‍शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्‌यन्‍त्र रचे। अब योराम र सबै इस्राएलीहरूले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण निम्शीका नाति यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। (योराम र सारा इस्राएलले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहूले योरामको विरोधमा योजनाहरू बनाए। त्यस समयमा योराम र इस्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए।