2 Kings 9:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि आफ्‍नो रथमा चढी उनी यिजरेलतर्फ गए। योराम अझसम्‍म निको भएका थिएनन् र यहूदाका राजा अहज्‍याह उनलाई भेट्‍न त्‍यहाँ आएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी आफ्‍नो रथमा चढ़ेर यिजरेलमा गए, किनभने योराम त्‍यहाँ आराम लिइरहेका थिए, र यहूदाका राजा अहज्‍याह तिनलाई हेर्न भनी त्‍यहीँ झरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी आफ्नो रथमा चढे, र यिजरेलमा गए। किनकि योराम त्यहाँ विश्राम गरिरहेका थिए। यहूदाका राजा अहज्याह तिनलाई भेट्न त्यहाँ आएका थिए।
Nepali ERV (पवित्र बाइबल)
योराम यिज्रेलमा विश्राम गरिरहेका थिए। यस कारण येहू आफ्नो रथमा चढे अनि यिज्रेलतिर हिंडे। यहूदाका राजा अहज्याह पनि योराम सँग भेट गर्न यिज्रेल आएका थिए।