2 Kings 9:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि पहरादारले घोडचढी त्यस दलकहाँ त पुग्यो तर फर्केन भनी सूचना दियो र त्यसले भन्यो, “दलका अगुवाले बौलाहाझैँ आफ्नो रथ हाँक्दै छ, त्यो त येहूजस्तो पो देखिंदै छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पहरादारले बताइदियो, “त्यसले तिनीहरूलाई भेट्न त भेट्यो, तर त्यो पनि फर्केर आएन। त्यो रथ हाँकेको त निम्शीका छोरा येहूले हाँकेजस्तै छ। तिनले बौलाहाजस्तै हाँक्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहरेदारले खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर त्यो पनि फर्केको छैन। रथको हँकाइ त निम्शीका छोरा येहूको जस्तो छ; तिनी बौलाहा मानिसझैँ हाँक्छन्।”
Nepali ERV (पवित्र बाइबल)
रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येहू जस्तै नै चलाइ रहेको छ।”