2 Kings 9:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो रथ तयार गर,” योराम राजाले आज्ञा दिए। रथ तयार गरियो। उनी र राजा अहज्याह आ-आफ्ना रथमा चढेर येहूलाई भेट्न गए। तिनीहरूले उनलाई नाबोतको खेतबारीमा भेटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योरामले भने, “मेरो रथ तयार गर।” जब उनीहरूले त्यो तयार गरे, तब इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नो रथमा सवार भएर येहूलाई भेट्न गए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमै भेटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योरामले हुकुम दिए, “मेरो रथ तयार गर।” अनि त्यो तयार पारिएपछि इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह येहूलाई भेट्न आ-आफ्नै रथहरूमा सवार भए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमा भेटे।
Nepali ERV (पवित्र बाइबल)
योरामले भने, “मेरो रथ तयार गर!” यसकारण सेवकले योरामको रथ ल्यायो। इस्राएलका राजा योराम अनि यहूदाका राजा अहज्याह दुवै जनाले आ-आफ्नो रथ लिए अनि येहूसँग भेट गर्न हिंडे। तिनीहरूले येहूसँग यिज्रेली नाबोतको जग्गाको छेऊमा भेट गरे।