2 Kings 9:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“के तिमी मित्रभावले आएका हौ?” योरामले सोधे। “कसरी मिलाप हुन सक्‍छ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलले सुरु गरेका बोक्‍सी-विद्या र मूर्तिपूजा हाम्रा बीचमा अझै छँदैछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब योरामले येहूलाई देखे तब तिनले सोधे, “येहू, के तिमी मित्रभावले आएका हौ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलका सबै मूर्तिपूजा र सबै मन्‍त्रतन्‍त्र रहँदा केको मित्रभाव?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येहूलाई देखेपछि योरामले सोधे, “येहू, तिमी शान्तिपूर्वक आएका हौ?” येहूले जवाफ दिए, “तपाईंकी आमा ईजेबेलका मूर्तिपूजा र तन्त्रमन्त्र रहेसम्म कसरी शान्ति हुन सक्छ?”
Nepali ERV (पवित्र बाइबल)
योरामले येहूलाई हेरेर सोधे, “येहू, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?” येहूले जवाफ दिए, “जबसम्म तिम्री आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”