2 Kings 9:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उनको टाउकोमा यो तेल खन्‍याएर यसो भन, ‘परमप्रभु भन्‍नुहुन्‍छ, म तँलाई इस्राएलका राजा अभिषेक गर्दछु।’ त्‍यसपछि तुरुन्‍तै त्‍यहाँबाट निस्‍केर भाग।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यो भुँडुल्‍कोको तेल तिनको शिरमा खन्‍याएर यस्‍तो घोषणा गर, ‘परमप्रभु, यसो भन्‍नुहुन्‍छ: म तँलाई इस्राएलका राजा अभिषेक गर्दछु’। तब ढोका खोलेर भाग। ढिलो नगर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यो भाँडो लिएर तिनको शिरमाथि तेल खन्याएर यो घोषणा गर, ‘याहवेह यसो भन्‍नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्छु’ तब ढोका खोलेर ढिलो नगरी भाग!”
Nepali ERV (पवित्र बाइबल)
तेलको सानो सीसी निकाल अनि येहूको टाउकोमाथि तेल खन्याऊ। र भन, ‘परमप्रभु यस्तै भन्नुहुन्छ तिमीलाई इस्राएलको नयाँ राजा हुनकोलागि अभिषेक मैले गरेको छु।’ तब ढोका खोल अनि हिंड। न फर्के।”