2 Kings 9:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येहूले तिनीहरूलाई भने, “तिनलाई झ्‍यालबाट फ्‍याँकिदेओ।” तिनीहरूले ईजेबेललाई तलतिर फ्‍याँकिदिए र तिनको रगत उछिट्टिएर भित्ता र घोडाहरूमा लाग्‍यो। येहूले आफ्‍ना घोडा र रथहरू तिनको जिउमाथि कुदाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “त्‍यसलाई तल फ्‍याँकिदेओ।” यसैले तिनीहरूले तिनलाई तल फ्‍याँकिदिए, र तिनको केही रगत उछिट्टिएर भित्तामा र तिनलाई कुल्‍चीमिल्‍ची गर्ने घोड़ाहरूमा पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येहूले भने, “त्यसलाई तल खसालिदेओ!” यसकारण तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए। अनि तिनको केही रगतका छिटाहरू भित्तामा र तिनलाई कुल्चीमिल्ची गर्ने घोडाहरूलाई पनि लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
येहूले तिनीहरूलाई भने, “ईजेबेललाई तल फ्याँकि देऊ।” तब नपुसंकहरूले ईजेबेललाई तल फ्याँकि दिए। ईजेबेलको केही रगत भित्ता र घोडामा लाग्यो। घोडाहरू ईजेबेलको लाशमाथि हिडे।