2 Kings 9:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त्‍यो येहूलाई सुनाए र उनले भने, “यस्‍तै हुनेछ भनी परमप्रभुले भन्‍नुभएको थियो। आफ्‍ना सेवक एलियाद्वारा उहाँले यसो भन्‍नुभएको थियो, ‘यिजरेलको सिमानाभित्र कुकुरहरूले ईजेबेलको लाश खानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू फर्किआएर येहूलाई बताइदिए। तिनले भने, “आफ्‍ना दास तिश्‍बी एलियाद्वारा भनेको परमप्रभुको वचन यही थियो: ‘यिजरेलको त्‍यस ठाउँमा ईजेबेलको मासु कुकुरहरूले खानेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले फर्केर गई येहूलाई भने, र तिनले सम्झना गराए, “यो त याहवेहले आफ्ना सेवक तिश्बी एलियाद्वारा यिजरेलको जमिनको टुक्रामा कुकुरहरूले ईजेबेलको मासु खानेछन्;
Nepali ERV (पवित्र बाइबल)
यसकारण मानिसहरू फर्किए अनि येहूलाई बताए। तब येहूले भने, “परमप्रभुले आफ्नो सेवक तिश्बी एलियाहद्वारा दिएको सन्देश यो थियो। एलियाहले भनेः ‘कुकुरहरूले ईजेबेलको लाश यिज्रेलको इलाकामा खाने छन्।