2 Peter 1:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा प्रभु येशू ख्रीष्‍ट ठूलो महिमा र शक्तिमा फेरि आउनुहुन्‍छ भनी हामीले तिमीहरूलाई दन्‍त्‍यकथाको भरमा बताएका होइनौं। आफ्‍ना आँखाले हामीले उहाँको ठूलो महिमा देख्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको महाशक्ति र आगमनको समाचार दिँदा धूर्ततासँग रचिएका दन्‍त्‍यकथाहरूको हामीले अनुसरण गरेनौं, तर उहाँको वैभव प्रत्‍यक्ष देख्‍ने हामी साक्षी हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा प्रभु येशू ख्रीष्‍टको शक्ति र आगमनको सम्बन्धमा तिमीहरूलाई बताउँदा हामीहरू कुनै धूर्त दन्त्यकथाहरूको पछि लागेनौँ, तर हामी त उहाँका वैभव देख्ने साक्षीहरू थियौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरुलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरुलाई जे व्याख्या गर्यौं ती मानिसहरुले रचेका चतुर कथाहरु होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं।
Nepali Tamang 2011
य्‍हाङला प्रभु येशू ख्रीष्‍ट घ्रेन शक्तिरी फेप्‍खजी भिसी ङन्‍से पाङ्बा चु ताम चलाक म्‍हिसे म्‍हन्‍सी स्‍होबा कथाग्‍याम पाङ्बा आहिन। तर ख्रीष्‍टला घ्रेन शक्ति ङन्‍देन छ्‌यामनोन मुबासे लमा ङन्‍से चु ताम पाङ्बा हिन्‍ना।