2 Peter 1:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर पिताले उहाँको आदर र सम्मान् गर्नुहुँदा अनि “यिनी मेरा प्यारा पुत्र हुन्, यिनीसंग म धेरै खुसी छु,” भनेर परममहिमाबाट उहाँलाई आवाज आउँदा हामी त्यहाँ थियौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले परमेश्वर पिताबाट आदर र महिमा प्राप्त गर्नुभयो, जब त्यस तेजस्वी महिमाबाट एउटा वाणी निस्किआयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्न छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले परमेश्वर पिताबाट इज्जत र महिमा प्राप्त गर्नुभयो, जुन बेला महिमामय गौरवबाट यसो भन्ने आवाज उहाँकहाँ आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।”
Nepali ERV (पवित्र बाइबल)
येशूले माहनतम महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।”
Nepali Tamang 2011
परमेश्वर आबासे ख्रीष्टदा ह्राङला य्हालदेन शक्ति ओच्छे मान पिन्जी, ओच्छे “चु ङाइ सेमहेन्से माया लबा ङाला झा हिन्ना, चु म्राङ्सी ङा ल्हानान ताङ्बा मुला” भिबा स्वर्गग्याम परमेश्वरला घ्रेन काइ खजी।