2 Peter 1:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण अगमवक्ताहरूले प्रचार गरेका वचनमा हामी अझ पक्का भएर भरोसा राख्दछौं। तिमीहरूले यसमा ध्यान दिनु राम्रो हो किनभने यसले त्यो दिन नआउञ्जेलसम्म र तिमीहरूको हृदयमा बिहानको ताराको उज्यालो नचम्कनुञ्जेलसम्म अन्धकारमा बल्ने बत्तीको काम गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्चित भएको छ। झिसमिसे उज्यालो नहोउञ्जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्जेल अन्धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्यस वचनलाई ध्यान दियौ भने असल गर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हामीसित भएका अगमवक्ताका लेखाइहरू अझ निश्चित भएका छन्; अनि दिनको उदय भएर बिहानीको तारा तिमीहरूको हृदयमा उदय नभएसम्म अन्धकार स्थानमा ज्योति चम्केझैँ तिमीहरूले यस कुरामाथि ध्यान दिनु असलै हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसले हामीलाई अगमवक्ताहरुले भनेका कुराहरुमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरुको भनाई अनुसरण गरेर तिमीहरुले राम्रो गर्नेछौ। उनीहरुको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुञ्जेलसम्म र बिहानी तारा तिमीहरुको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ।
Nepali Tamang 2011
चुह्रङ् लसीन अगमवक्तागदेसे थेःना लबा परमेश्वरला बचनरी ङनी ढुक्क तबा मुला। थेतबासेलमा स्य्होरी रमरम रिमरिम आततेधोना ओच्छे एनीगदेला सेमरी स्य्होला सुक्र आथोन्तेधोना धोपधोपरी नाङसल म्रासी थान्बा ह्रङ् लसी चु बचन एनीगदेसे ह्राङला सेमरी थान्जी भिसम ज्यबा तला।