2 Peter 1:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र जीवन जिउनलाई चाहिएका सबै कुरा परमेश्‍वरको शक्तिबाट नै पाएका छौ किनभने आफ्‍नो महिमा र भलाइद्वारा बोलाउनुहुने परमेश्‍वरलाई हामीले चिनेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो महिमा र श्रेष्‍ठताद्वारा हामीलाई बोलाउनुहुनेलाई हामीले चिनेका हुनाले परमेश्‍वरको दिव्‍य शक्तिद्वारा जीवन र भक्तिको निम्‍ति हामीलाई चाहिने प्रत्‍येक थोक उहाँले दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको ईश्‍वरीय शक्तिले उहाँ सम्बन्धी हाम्रो ज्ञान, जसले आफ्नै महिमा र भलाइमा हामीलाई बोलाउनुभएको छ; हामीलाई हाम्रो जीवन र धार्मिकताका निम्ति चाहिने सबै आवश्यकता दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरु छन्, किनभने हामी उनलाई जान्दछौ। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो।
Nepali Tamang 2011
परमेश्‍वरसे ह्राङला घ्रेन शक्तिग्‍याम थेसे म्‍हन्‍बा अन्‍छारला म्‍हि स्‍होबाला लागिरी थेसे य्‍हाङदा तोःबा जम्‍मान स्‍हे पिन्‍बा मुला। घ्रेन य्‍हालदेन शक्ति ओच्‍छे ज्‍यबा गुणग्‍याम ङ्‌योइबा परमेश्‍वरदा य्‍हाङसे ङोसेबासे लमा चु जम्‍मान स्‍हे याङ्बा हिन्‍ना।