2 Peter 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहिले इस्राएली मानिसहरूका माझमा झूटा अगमवक्ताहरू निस्‍के, त्‍यसरी नै तिमीहरूको माझमा पनि झूटा गुरुहरू आउनेछन्। तिनीहरूले बिगार्ने झूटो शिक्षा दिनेछन् अनि आफूलाई उद्धार दिनुहुने प्रभुलाई पनि त्‍याग्‍नेछन्। यसकारण तिमीहरूले आफैंमाथि अचानक नाश ल्‍याउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्‍यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्‌। यिनीहरूले गुप्‍त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्‍याउनेछन्, यहाँसम्‍म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्‍वामीलाई पनि तिनीहरूले इन्‍कार गर्नेछन्, र आफैमाथि चाँड़ै विनाश ल्‍याउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसरी मानिसहरूका बीचमा झूटा अगमवक्ताहरू थिए, त्यसरी नै तिमीहरूमध्येमा पनि झूटा शिक्षकहरू हुनेछन्। तिनीहरूले गुप्‍तमा झूटा शिक्षाहरू ल्याउनेछन्। तिनीहरूलाई किन्‍नुहुने सार्वभौम प्रभुलाई समेत इन्कार गर्नेछन्; यसरी आफूमाथि चाँडै नाश ल्याउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
विगत समयमा झूटा अगमवक्ताहरु परमेश्वरका मानिसहरुको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरु तिमीहरुको समूहमा रहन्छन्। तिनीहरुले झूटा शिक्षाहरु दिन्छन्, ती शिक्षाहरुले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरुले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरुकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरु स्वयंलाई चाँडै ध्वंश पार्नेछन्।
Nepali Tamang 2011
तर इस्राएलीगदेला गुङरी लुसीला ताम लोप्‍बा अगमवक्तागदे मुबा। थेह्रङ् लसीन एनीगदेला गुङरीनोन लुसीला ताम लोप्‍बा म्‍हिगदे थोन्‍ना। थेनीगदेसे खालैदा था आतना लसी नाश लबा लुसीला ताम लोप्‍ला। चुदे जे आहिन, थेनीगदेसे ह्राङला पापला सय फासी थार्ना लबा प्रभुदान ख्‍लाला। ओच्‍छे थेनीगदेसे लबा गेग्‍यामसेन थेनीगदे तिक्‍खुरीन नाश तला।