2 Peter 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विशेषगरी परमेश्‍वरको अधिकारलाई हेला गर्ने अनि आफैं घिनलाग्‍दा छाडा भएर हिँड्‍नेहरू इन्‍साफको दिनसम्‍म साँचिनेछन्। यस्‍ता झूटा शिक्षा दिनेहरू हठी र घमण्‍डी हुन्‍छन् अनि स्‍वर्गीय प्राणीहरूको इज्‍जत पनि गर्दैनन्। बरु बेइज्‍जती गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्‍छन्, र अधिकारको अवहेलना गर्छन्‌। यिनीहरू हठी र अहङ्कारी हुन्‍छन्, र स्‍वर्गीय प्राणीहरूको निन्‍दा गर्न डर मान्‍दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो विशेष तिनीहरूका सम्बन्धमा सत्य छ, जो पापमय स्वभावका भ्रष्‍ट इच्छाहरूलाई पछ्याउँछन् र अधिकारलाई घृणा गर्दछन्। ती मानिसहरू साहसी र हठी छन्; अनि स्वर्गीय प्राणीहरूको निन्दा गर्न तिनीहरू डराउँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
जो मानिसहरु तिनीहरुको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरु जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरुलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ। यी झूटा शिक्षकहरु आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरु स्वयं गर्व गर्छन्। तिनीहरु महिमामय स्वर्गदूतहरुको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्।
Nepali Tamang 2011
थेनीगदेसे चा खास लसी म्‍हिदा न्‍होङ्ना लबा पेःबा खबा गेगदे जे लसी भ्रमुला। ओच्‍छे परमेश्‍वरला अधिकारदा हेला लमुला। स्‍वर्गरी मुबागदेदा बिरोध लबारीनोन आलोङ्मुला। चुह्रङ्बा म्‍हिगदे चा मूर्खदेन घमण्‍डी तमुला।