2 Peter 2:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यी मानिसहरू कुस्‍वभावले काम गर्छन्। तिनीहरू पक्रेर मारिनुपर्ने जङ्गली पशुझैँ छन्। तिनीहरूले बुझ्‍दै नबुझेका कुराको निन्‍दा गर्छन्। त्‍यसो हुँदा तिनीहरू पनि जङ्गली जनावरझैँ नाश गरिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यी मानिसहरू आफैले नबुझेका कुराहरूको निन्‍दा गर्छन्‌। यिनीहरू विवेकहीन जनावरहरूजस्‍ता छन्, र स्‍वाभाविक इच्‍छाहरूका वशमा रहन्‍छन्‌। यिनीहरू पक्रेर मारिनलाई जन्‍मेकाहरूजस्‍तै छन्, र यिनीहरू पशुहरूजस्‍तै नष्‍ट हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यी मानिसहरू आफूले नबुझेका कुराहरूको पनि निन्दा गर्दछन्। तिनीहरू विवेकहीन पशुसमान छन्; स्वभाविक प्रवृत्तिहरूमा चल्ने प्राणीहरू, तिनीहरू समातेर मारिनलाई मात्र जन्मेकाहरूजस्ता छन्; अनि तिनीहरू पनि पशुहरूझैँ नाश हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर यी झूटा शिक्षकहरु तिनीहरुले बुझेका कुरामा निन्दा गर्छन्। यी झूटा शिक्षकहरु, जंगली पसुहरु जस्तै मारिनुको निम्ति मात्र जन्मेका छन्, केही विचार नगरी काम गर्छन्। अनि यी झूटा शिक्षकहरु जंगली पशुहरु जस्तै नष्ट हुनेछन्।
Nepali Tamang 2011
थेह्रङ्बा लुसीला ताम लोप्‍बा म्‍हिगदेसे चा ह्राङसे घोनोन आघोबा तामगदेला बिरोध लमुला। थेनीगदे ज्ञान बुद्धि आरेबा जन्‍तु ह्रङ्‌बान मुला। थेतबासेलमा थेनीगदे सदन ह्राङला बानीबेहोरला तहरी चिमुबा। ओच्‍छे थेनीगदे चुङ्सी साइबाला लागिरी न्‍हबा जन्‍तु ह्रङ्‌बान मुला। थेतबासेलमा थेनीगदे पशु ह्रङ् तसी नाश तला।