2 Peter 2:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले अरूलाई दु:ख दिएकोमा तिनीहरू आफैंले दु:ख भोग्‍नुपर्नेछ। तिनीहरूका निम्‍ति आनन्‍दको मतलब दिउँसै शरीरको इच्‍छाहरू पूरा गर्नु हो। तिनीहरूसँग खानपिन गर्न बस्‍नु नै तिमीहरूका निम्‍ति लाजमर्दो र अपमानको कुरा हो। तिनीहरू सधैँ छलछाम गर्न मन पराउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूले गरेका खराबीहरूका निम्‍ति तिनीहरू आफैले पनि खराबी भोग्‍नेछन्‌। दिउँसै भोग-विलासमा मग्‍न रहनु यिनीहरू खुशीको कुरा ठान्‍छन्‌। तिनीहरू धब्‍बा र खोटहरू हुन्, र तिमीहरूसँग भोजमा बस्‍दा तिनीहरू बेसरी खाँदै पिउँदै विलासितामा मग्‍न रहन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले गरेका हानिको सट्टा तिनीहरूलाई पनि हानि गरिनेछ। तिनीहरूका लागि आनन्दको अर्थ दिउँसै भोग-विलास गर्नु हो। जब तिनीहरू तिमीहरूसित चाड मनाउँछन्, तब तिनीहरू आफ्नो आनन्दको मोजमज्जा लुट्ने कलङ्क र धब्बा हुन्।
Nepali ERV (पवित्र बाइबल)
यी झूटा शिकहरुले धेरै मानिसहरुलाई चोट पुरयाँउछन्। यसर्य तिनीहरुले पनि चोट पाउनेछन्। त्यो तिनीहरुले गरेको कर्मको ज्याला हुनेछ। यी झूटा शिक्षकहरु, सबै मानिसहरु समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन्। तिनीहरु कुकर्ममा आनन्द लिन्छन् यसले तिनीहरुलाई खुशी पार्छ। यसर्थ तिनीहरु तिमीहरुमाझ फोहोर कलङक अनि दागहरु जस्तै हुन्। तिमीहरुसित साधरण भोजनमा भाग लिन्छन्। तिमीहरुलाई लज्जित तुल्याउँछ्न।
Nepali Tamang 2011
थेनीगदेसे लबा आज्‍यबा गेला सजाय थेनीगदेसेन नातोःला। धिनगुङ्‌रीन सेमरी जे लइ म्‍हन्‍बा थेनोन लबा चा ताङ्तोःबा ताम हिन्‍ना भिसी थेनीगदेसे म्‍हन्‍मुला। थेनीगदेसे एनीगदेदेन छ्‌याम भोज चबा धुइरीनोन एनीगदेदा फसब लइ भिसी म्‍हन्‍मुला। एनीगदेदा न्‍होङ्ना लबादेन पेःना लबा चु म्‍हिगदेन हिन्‍ना।