2 Peter 2:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरसमय तिनीहरूका आँखा छाडा स्त्रीहरूमाथि मात्र पर्छन् र जति पाप गर्दा पनि तिनीहरूलाई पुग्दैन। तिनीहरूले कमजोर मानिसहरूलाई फसाउँछन्। तिनीहरूको मनले लोभ गर्नमै बानी बसालेको छ। तिनीहरूमाथि नै परमेश्वरको श्राप पर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्, र जत्ति पाप गर्दा पनि नअघाउने हुन्छन्। तिनीहरूले चञ्चल मन भएकाहरूलाई फुस्लाउँछन्। तिनीहरूका हृदयले लोभमा तालीम पाएका हुन्छन्। तिनीहरू श्रापित सन्तान हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यभिचारपूर्ण आँखाले भरिएका तिनीहरू कहिल्यै पाप गर्न छोड्दैनन्; तिनीहरूले चञ्चल मन भएकाहरूलाई प्रलोभनमा फसाउँछन्; तिनीहरू लोभ गर्नमा बानी परेकाहरू हुन्, श्रापित सन्तान हुन्!
Nepali ERV (पवित्र बाइबल)
हरेकपल्ट तिनीहरु स्त्रीलाई हेर्छन्, अनि तिनीहरु उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरु सदैव पाप गरिरहन्छन्। तिनीहरुले कसजोर मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरु आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरु श्रापित छन्।
Nepali Tamang 2011
थेनीगदे सदन स्य्हान्दोदेन छ्याम ब्रेल्बा सेम जे थोसी भ्रमुला, ओच्छे जतिन पाप लसैनोन थेनीगदेसे अझ पाप लबारी आख्लामुला। थेनीगदेसे विश्वासरी कमजोर मुबा म्हिगदेदा फसब लमुला। थेनीगदेला सेम लोभसे प्लिङ्बा मुला। परमेश्वरग्याम सजाय याङ्बा चुगदेन हिन्ना।