2 Peter 2:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले घमण्‍डी र मूर्ख कुराहरू गर्छन् अनि शरीरलाई लोभ्‍याउने कामहरू देखाएर भर्खरै असत्‍यबाट उम्‍केकाहरूलाई पनि फसाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू मूर्खतापूर्ण ठूला-ठूला अहङ्कारका कुरा हाँक्‍छन्, र कुमार्गबाट भर्खरै उम्‍केर आएकाहरूलाई शरीरका विलासमय कामवासनाका कुराले फसाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूका मुखमा रित्ता, अहङ्कारपूर्ण शब्दहरू छन्, र पापमय स्वभावका कामुक इच्छालाई उक्साउँदै अभिलाषाको जीवनबाट भर्खरै भाग्दै गरेका मानिसहरूलाई पनि फसाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
ती झूटा शिक्षकहरु त्यस्ता वचनहरुमा गर्व गर्छन् जसको केही अर्थ छैन. तिनीहरुले मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरुले, यस्ता मानिसहरुलाई आर्कषित गराइरहेछन् जो मानिसहरु कुकर्म गर्नेहरुबाट टाडा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरुले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्।
Nepali Tamang 2011
थेनीगदेसे गे आखेल्‍बा घ्रेन घ्रेन ताम पाङ्सी भ्रमुला। ओच्‍छे भर्खर आज्‍यबा गे ख्‍लाबा म्‍हिगदेदा ल्‍हुइला लागिरी सेमसे जे लइ म्‍हन्‍बा थेनोन लम्‍याङ्ला भिसी लोभ उन्‍सी फसब लमुला।