2 Peter 2:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई स्‍वतन्‍त्र गराउनेछौं भनी प्रतिज्ञा गर्दछन्, तर आफैंचाहिँ नाश गराउने बानीका कमारा हुन्‍छन्। तर जुन कुराले मानिसलाई जित्‍छ, मानिस त्‍यसको कमारो हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई स्‍वतन्‍त्रता दिलाइदिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफै भ्रष्‍टताका दास छन्, किनकि जुन कुराले कुनै मानिसलाई जित्‍छ त्‍यही कुराले त्‍यसलाई दास बनाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झूटा शिक्षकहरूले तिनीहरूलाई स्वतन्त्रताको प्रतिज्ञा गर्दछन्; यद्यपि तिनीहरू आफू दुष्‍टताका सेवकहरू हुन्; किनकि जुन कुराले मानिसलाई अधीनमा राखेको हुन्छ, ऊ त्यसको सेवक हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ती झूटा शिक्षकहरु स्वतंत्रता प्राप्रिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरु स्वयं स्वतन्त्र छैनन्। तिनीहरु ती ध्वंशात्मक कुराहरुका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ।
Nepali Tamang 2011
थेनीगदेसे म्‍हिगदेदा पापग्‍याम फेना लला भिसी कबुल लसी भ्रमुला। तर कबुल लबा म्‍हिगदे ह्राङनोन पापला नोकर दोःसी भ्रमुला। तिग्‍दा भिसम जुन तामसे म्‍हिगदेदा तहरी थान्‍ना थेनीगदे थेनोन तामला नोकर हिन्‍ना।