2 Peter 2:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर संसारमा नाश पुर्याउने कुराहरूबाट बाँधेको मानिस फेरि तिनै कुरामा फस्तछ र हार खान्छ भने त्यसको गति पहिलेको भन्दा झन् नराम्रो हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि फेरि पापमा फसेर त्यसको वशमा परे भने, तिनीहरूको पछिल्लो अवस्था अगाडिको भन्दा अझ खराब हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर संसारको भ्रष्टताबाट बाँचेका छन्, र फेरि उनीहरू त्यसमा अल्झिएका र त्यसबाट हारेका छन् भने तिनीहरूका अवस्था सुरुका भन्दा अझ खराब हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरु संसारका नराम्रा कुराहरुबाट मुक्त तुल्याइएका थिए। तिनीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएका थिए। तर यदि तिनीहरु अझ ती चीजहरु तिर र्फकिन्छन् अनि तिनीहरुको नियन्त्रणमा रहन्छन् भने तिनीहरुको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।
Nepali Tamang 2011
तर चुदे खालै म्हिसे य्हाङला प्रभु थार्बा पिन्बा येशू ख्रीष्टदा ङोसेसी जम्बुलिङला नइबा तामगदेग्याम फेसी जिन्सीनोन दोःसी थेनोन नइबा तामरी फसब तजी भिसम थेनीगदेला गति ङाच्छाला भन्दा झन आज्यबा तला।