2 Peter 2:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोभ-लालचमा परेर ती झूटा शिक्षकहरूले कुरा बनाएर नै तिमीहरूबाट फाइदा लिनेछन्। पहिले नै तिनीहरूको न्याय भइसकेको छ र तिनीहरूको नाश हुने नै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्। तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै आफ्नो लोभको कारण तिनीहरूले बनावटी कथाहरूद्वारा तिमीहरूलाई शोषण गर्नेछन्। तिनीहरूका दण्ड लामो समयदेखि तिनीहरूमाथि रहिरहेको छ, र तिनीहरूका विनाश निदाइरहेको छैन।
Nepali ERV (पवित्र बाइबल)
ती झूटा शिक्षकहरुले तिमीहरुबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरुले तिमीहरुलाई झूटा कथाहरु भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरुको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरुलाई ध्वंश पार्नु हुनेछ तिनीहरु उम्कन पाउने छैनन्।
Nepali Tamang 2011
लोभरी वाङ्सी थेनीगदेसे लुसीला ताम लोप्सी एनीगदेग्याम फाइदा किन्ना। तर परमेश्वरसे थेनीगदेला निसाफ ङाच्छान लसी जिन्बा मुला। थेतबासेलमा थेनीगदे नाश तनोन तला।