2 Peter 3:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर प्रभुले न्‍याय गर्नुहुने दिन चोरझैँ अचानक आउनेछ। त्‍यस दिन आकाश-मण्‍डल ठूलो आवाज गरेर हराउनेछ आकाशका तारा, ग्रह-नक्षत्रहरू जलेर भस्‍म हुनेछन्। पृथ्‍वी र पृथ्‍वीमा भएका सबै कुरा नाश हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर प्रभुको दिन चोरझैँ आउनेछ। गर्जनसहित स्वर्ग लुप्‍त हुनेछ, तत्वहरू आगोद्वारा नाश हुनेछन्, पृथ्वी र त्यसमा भएका सबै कुराहरू खरानी पारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर, त्यो दिन जब परमप्रभु आउनु हुन्छ, चोर जस्तै एक अचम्म प्रकारले आउनु हुनेछ। आकाश एक प्रबल गर्जनले अदृष्य हुनेछ। आकाशमा भएका सबै थोकहरु आगोले नष्ट पार्नेछ। अनि पृथ्वी र यसमा भएका सबै थोकहरु आगोले जलाउनेछ।
Nepali Tamang 2011
तर प्रभु दोःसी फेप्‍खमा य्‍हो खबा ह्रङ् लसी फेप्‍खला। थे धुइरी मु गुडुङ्बा ह्रङ्‌बा घ्रेन आवाज खसी मु म्‍हासी निला, ओच्‍छे मुरी मुबा जम्‍मान स्‍हे चा मेला रापसे ङ्‌युला, ओच्‍छे जम्‍बुलिङदेन थेरी मुबा जम्‍मान स्‍हे क्रोसी नाश तला।