2 Peter 3:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले तिमीलाई पापबाट बाँच्ने मौका दिनुहुँदा उहाँ कति धीरजी हुनुहुन्छ, सो ध्यान देओ। हाम्रा प्रिय भाइ पावलले पनि परमेश्वरद्वारा पाएको ज्ञानबाट यी नै कुरा तिमीहरूलाई लेखेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हाम्रा प्रभुको धैर्यको अर्थ मुक्ति पाउने मौका हो भन्ने कुरालाई सम्झनामा राख; जसरी हाम्रा प्यारा भाइ पावलले पनि परमेश्वरले उनलाई दिनुभएको ज्ञानसहित तिमीहरूलाई लेखेका छन्।
Nepali ERV (पवित्र बाइबल)
स्मरण राख कि हामीहरु बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरु पावलले तिमीहरुलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरुलाई लेख्नु भयो।
Nepali Tamang 2011
य्हाङला प्रभु योनान आफेप्खबा चा म्हिगदेसे थार्बा याङ्बा हिन्ना भिसी म्हन्गो। य्हाङला सेम निबा आले पावलसेनोन प्रभुसे पिन्बा ज्ञान बुद्धिग्याम एनीगदेदा चुनोन ताम भ्रिबा मुबा।