2 Peter 3:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस बारेमा तिनले त्‍यस्‍तै कुरा आफ्‍ना पत्रहरूमा लेखेका थिए। उनले लेखेका कति कुराहरू केही अप्‍ठ्यारा छन्। नजान्‍ने र बेटुङ्गे मानिसहरूले त्‍यसको उल्‍टा-पाल्‍टा अर्थ पनि लाउँछन्। उनीहरूले धर्मशास्‍त्रको पनि त्‍यसरी नै अर्थ लगाउँछन्। यसरी उनीहरूले आफैंलाई नाशमा पुर्‍याउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्‍लेख गरेका छन्‌। तिनमा कुनै-कुनै कुराहरू बुझ्‍न कठिन छन्, र अशिक्षित र चञ्‍चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्‍त्रहरूलाई जस्‍तै उल्‍टापाल्‍टा पार्छन्, र आफ्‍नै विनाश ल्‍याउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन कुराहरू अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैँ आफ्नै विनाशको निम्ति बङ्ग्याउँछन्।
Nepali ERV (पवित्र बाइबल)
पावलले यी कुराहरुको बारेमा उनका सबै पत्रहरुमा यस्तो लेख्छन्। उनको पत्रहरुमा केही विषयहरु बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरु ती कुराहरुलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरु अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरु नै अन्य धर्मशास्त्रहरु पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरुले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।
Nepali Tamang 2011
थेसे भ्रिबा जम्‍मान चिठीरीनोन थेसे चु तामगदे भ्रिबा मुला। थेसे भ्रिबा चिठीगदेरी कोइ कोइ ताम चा घोबारी गाह्रो मुला। थेतबासेलमा आघोबादेन तिगै तामरी टुङ्‍गो आरेबा म्‍हिगदेसे परमेश्‍वरला बचनरी मुबा तामदा उल्‍टोपाल्‍टो लबा ह्रङ् लसी थे तामगदेदाएनोन उल्‍टोपाल्‍टो लसी ह्राङसे ह्राङदान नाश लबा गे लमुला।