2 Peter 3:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर प्रियहरू, तिमीहरूलाई यी सबै कुरा थाहा भइसकेका छन्। यसकारण होशियार गर। त्यसो हुँदा दुष्टहरूले अलमल्याउन पाउनेछैन अनि आफूले दह्रो गरी टेकेका ठाउँबाट लड्नेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्नो स्थिरता नगुमाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण प्रिय मित्रहरू हो, यी कुराहरू तिमीहरूले बुझेकै हुनाले होसियार होओ; अनि नियमविहीन मानिसहरूका गल्तीले तिमीहरूलाई नबहकाओस्, र तिमीहरूका सुरक्षित स्थानबाट पतन नगराओस्।
Nepali ERV (पवित्र बाइबल)
प्रिय मित्रहरु, तिमीहरुले यस विषयमा पहिल्यै जानेका छौ। यसर्थ होशियार बन। ती दुष्ट मानिसहरुलाई, तिनीहरुलाई भूल शिक्षातिर लान नदेऊ। सावधान बन, जसद्वारा तिमीहरु आफ्ना दृढ स्थितिबाट झर्ने छैनौं।
Nepali Tamang 2011
थेतबासेलमा ङाला सेम निबा ह्रोगदे, एनीगदेदा चु ताम ङाच्छाहेन्सेन था मुबासे लमा होशियार तसी चिउ। परमेश्वरला बचन आङ्यान्बादेन तिगै तामदा वास्ता आलबा न्होङ्बा म्हिगदेला तामरी अलमल तसी ह्राङसे लबा विश्वासदा थाख्लागो।