2 Peter 3:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू जानी-जानीकन पनि सृष्‍टिका कुरा नजानेझैँ गर्छन्। परमेश्‍वरले आफ्‍नो वचनले नै स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुभयो। पृथ्‍वी पानीबाट र पानीद्वारै बनियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जानी-बुझिकन पनि तिनीहरू यस कुराको वास्‍ता गर्दैनन्, कि परमेश्‍वरको वचनद्वारा स्‍वर्गहरू अघिदेखि नै थिए, र पृथ्‍वीचाहिँ पानीबाट र पानीद्वारा नै बनाइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरका वचनद्वारा स्वर्गको अस्तित्व हुन आयो, र पृथ्वी पानीबाट र पानीसित निर्माण भयो भनेर तिनीहरूले जान्दाजान्दै पनि यस विषयमा अनजान रहन चाहन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरु धेरै अधि के घटेको थियो सो सम्झन चाहँदैनन्। आकाशहरु थिए अनि परमेश्वरले जलबाट पृथ्वी सृष्टि गर्नु भयो। यी सबै परमेश्वरको बचन अनुसार हुन गयो।
Nepali Tamang 2011
तर परमेश्‍वरसे बचनग्‍यामसेन मुदेन जम्‍बुलिङ ङाच्‍छान स्‍होबा हिन्‍ना, ओच्‍छे जम्‍बुलिङ चा क्‍युइला गुङरी क्‍युइग्‍यामसेन स्‍होबा हिन्‍ना भिबा ताम था याङ्सीनोन थेनीगदेसे वास्‍ता आलमुला।