2 Samuel 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले म उनको छेउमा गएँ र मैले उनलाई मारें किनभने म जान्दथें कि उनी भूइँमा लड्ने बित्तिकै मर्नेछन्। तब मैले उनको शिरबाट मुकुट र पाखुराबाट बाजू निकालेर यहाँ हजुरकहाँ ल्याएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैले म उनको छेउमा गएँ, र मैले उनलाई मारें। किनकि उनी यति साह्रो गलिसकेका थिए कि उनी बाँच्दैनन् भनी मलाई थाहा थियो। तब मैले उनको शिरबाट शिरपेच र पाखुराबाट बाजू लिएँ, र ती यहाँ हजूरकहाँ ल्याएको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण म तिनको नजिकै गएर तिनलाई मारिदिएँ; किनकि तिनी भुइँमा लडेपछि बाँच्दैनन् भन्ने कुरा मलाई थाहा थियो। मैले तिनको शिरको मुकुट र तिनको पाखुरामा भएको बाला लिएँ, र ती मैले मेरा मालिककहाँ ल्याएको छु।”
Nepali ERV (पवित्र बाइबल)
उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरे कि उनि जीउने छैन्न। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालेर, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”