2 Samuel 1:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले शाऊल, जोनाथन र परमप्रभुका प्रजा इस्राएलको निम्‍ति दु:ख र शोक मनाए र साँझसम्‍म उपवास बसे कारण धेरै मानिसहरू लडाइँमा मारिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि शाऊल, उनका छोरा जोनाथन, र परमप्रभुको सेना र इस्राएलका घराना लड़ाइँमा मारिएका हुनाले तिनीहरू छाती पिटी पिटीकन रोए, र साँझसम्‍मै उपवास बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले शाऊल र तिनका छोरा जोनाथन, र याहवेहका सेना र इस्राएलको घरानाको निम्ति साँझसम्म उपवास बसेर शोक मनाए; किनकि मानिसहरू तरवारद्वारा मारिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।